नेपाले सुखद अन्त्य गर्न सकेन, नेदरल्याण्ड्ससँग ४५ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०३
  • |
  • 186 पटक हेरिएको

चैत्र ३ । नेपालले एकदिवसिय छनौट प्रतियोगिताको अन्त्य नेपालले सुखद गर्न सकेन । सातौ स्थानको प्ले अफमा नेदरल्यान्डससंग ४५ रनले पराजित भएको नेपालले प्रतियोगिताबाट आफनो मुख्य लक्ष्य भने हात पारेर फर्किने भएको छ ।

विश्वकप छनोटमा आठौ स्थानमा रहेर घर फर्किने भएको नेपालले चार बर्षका लागि एकदिवसिय मान्यता पाउने लक्ष्य हासिल गर्न सफल भयो । तर अन्तिम खेलमा भने नेपाल नेदरल्याण्ड्ससंग चुक्न पुग्यो ।

जिम्बावेको क्वे क्वे मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८९ रन बनायो । नेपाली बलरसामु सुरुवात देखि नै दबावमा रहेको नेदरल्याण्डसका कुनै पनि खेलाडीले बलियो साझेदारी गर्न सकेनन् ।

नेदरल्याण्ड्सको खातामा एक रन पनि नहुँदा नेपालले पहिलो विकेट लियो । त्यसपछि ६ रन हुदा नेदरल्याण्ड्सको दोस्रो विकेट झरयो । दुबै विकेट सोमपालले लिएका थिए । योसंगै सोमपालले लिष्ट ए मा ५० विकेट पनि पुरा गरे । ३७ खेलमा सोमपालले विकेटको अर्धसतक पुरा गरे । एकपछि अर्को विकेट झारेको नेपालले विपक्षीको ३७ रन हुदा तेस्रो सफलता हात पार्यो ।

उसका लागि म्याक्सवेल प्याट्रिकले २८ तथा रे भान देर र स्कट इडवार्डले समान २५–२५ रनको योगदान गरे । यस्तै बास दे लीडीले ३९ रन बनाए । पिटर सिलरले सेन स्नाटरले समान २३–२३ रन बनाए । नेपालको कसिलो बलिङ सामु नेदरल्याण्ड्सले एक सय ७ रन बनाउदा सात विकेट गुमाएको थियो ।

बलिङ तर्फ सोमपाल कामीले ४ तथा सन्दिप लामिछाने र ललित राजबंशीले दुई दुई विकेट लिए ।

जवाफमा नेपाल ४४ ओभर ४ बलमा एक सय ४४ रनमा समेटियो । सुरुवात राम्रो गर्न नसकेको नेपालले ११ रन हुदा पहिलो विकेट गुमायो । त्यसपछि ५१ रन हुदा तीन विकेट खेर फालेको नेपालको मिडिल अडर चल्न सकेन । नेपालका लागि दिपेन्द्र ऐरीले २५ तथा कप्तान पारस खड्काले २२ रनको योगदान गरे । तर ज्ञानेन्द्र मल्ल चार रनमा आउट हुदा अनिल शाह मात्र आठ रनमा पेभेलियन फर्किए ।

६१ रनमा पाँच विकेट गुमाएको नेपालले त्यसपछि अरु ४८ रन थप्दा थप तीन विकेट गुमायो । नेपालका करण केसी १३ रनमा आउट हुदा आरिफ शेख ५ रन बनाए । शक्ति गौचन र रोहित पौडेलले खाता खोल्न सकेनन । नेपालले १४ अतिरीक्त रन पाएको थियो । अब नेपाली टिम सोमबार साझ काठमाडौ पुग्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey