राखेपकाे १३ बुँदे प्रतिबद्धता ‘साग समयमै गर्ने’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-२७
  • |
  • 344 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् राखेपले गरेकाे २ दिने गाेष्ठी सम्पन्न भएकाे छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले हिजाे उद्घाटन गरेकाे गाेष्ठीले १३ बुदे प्रतिवद्दता पत्र सार्वजनिक गरेकाे छ ।

गोष्ठीको मूख्य बिषय सन्दर्भ
राष्ट्रको गौरव र प्रतिष्ठाको रुपमा आयोना हुने १३औं दक्षिण एशियाली खेलकुद (क्ब्न्) को भौत्तिक पूवाधारको निर्माण, नियमित हुने नवौं राष्टिय खेलकुदको भौत्तिक संरचना, खेलकुदको विकासका लागि क्रमागत रुपमा आवश्यक पूर्वाधार निर्माण, थप आवश्यक खेलकुद पूर्वाधारहरुको शुरुवात, नयाँ पूर्वाधारहरुो म्एच् र ब्लष्mबतष्यल लगायत स्थानीय तहमा खेलग्राम निर्माण गर्ने सम्बन्धमा आर्थिक बर्ष २०७६-०७७ मा विनियोजित बजेटको अवधारणा माथि छलफल र सो पछि प्राप्त हुने निश्कर्ष गोष्ठीको मूख्य बिषय रहेको ।

सहभागिता
माननीय युवा तथा खेलकुद मन्त्रीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको गोष्ठीमा अर्थ मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, परिषद् र परषद्का विभाग प्रमुख, केन्द्रीय स्तरका शाखा प्रमुख, क्षेत्र-प्रदेशका कार्यालय प्रमुख, लेखा प्रमुख र निर्माण हेर्ने प्राविधिक इन्जिनियरहरुको सहभागिता रहेको ।
प्रतिबद्धता
परिषद्को आयोजनामा मा. युवा तथा खेलकुद मन्त्रीज्यू प्रमुख आतिथ्यतामा सम्पन्न भएको २ दिने गोष्ठीमा नायब महालेखापरीक्षक श्री दामोदर पुडासैनी, अर्थ मन्त्रालयका उपसचिव श्री मोहन सिहं बस्नेत, कोष तथा लेखा नियन्त्रक श्री भोजराज पोडेल, परिषद्का उपाध्यक्ष, सदस्य सचिव, कोषाध्यक्ष र सदस्यज्यूहरु, परिषद्का विभागीय प्रमुख, केन्द्रीय स्तरका शाखा प्रमुखहरु-क्षेत्र-प्रदेशका कार्यालय प्रमुख, लेखा प्रमुख र प्राविधिक इन्जिनियरहरुको सहभागिता रहेको गोष्ठीबाट निम्न प्रतिबद्धता व्यक्त गरियो ।

१. राष्ट्रको गौरव र प्रतिष्ठाको रुपमा नेपालमा आगामी मंसिर महिनामा आयोजना हुने ऐतिहासिक १३औं दक्षिण एशियाली खेलकुद (क्ब्न्) को सञ्चालनका लागि न्यूनतम आवश्यक भौत्तिक पूर्वाधारहरुको तयारीका लागि यस आ.ब. २०७६÷०७७ मा विनियोजित बजेटलाई सत्प्रतिशत सदुपयोग गरी समयमा निर्माण कार्य सम्पन्न गर्ने र तोकिएको समयमा १३औं सागको आयोजना गर्ने पहिलो प्राथमिकता हुनेछ ।

२. १३औं सागको उद्घाटन स्थल दशरथ रंगशाला रहने हुँदा सोको महत्वलाई प्राथमिकता दिई रंगशालाको ख्क्ष्ए प्यारापिट, छाना र कुर्सी राख्ने, बाटो, गेट आदिको निर्माण कार्यको लागि निश्चित कार्य हेर्ने प्राविधिक (इन्जिनियर) तोकी तदारुकताका साथ निर्माण कार्य अगाडी बढाईने, त्यसैगरी दशरथ रंगशाला कभर्डहल, दशरथ रंगशाला स्थित स्वास्थ्य एकेडमी, लैनचौर कभर्डहल, किर्तिपुर क्रिकेट मैदन, मूलपानी क्रिकेट एकेडेमी, सातदोवाटो हिटिङ्ग स्वीमिङ्ग पुल, तेक्वाण्डो एकेडेमी, कराते एकेडेमी, स्क्वास एकेडेमी लगायत काठमाण्डौं भित्र सञ्चालन गरिने खेल स्थलहरुलाई प्राथमिकतामा राखी विनियोजित बजेट बमोजिम भौत्तिक पूर्वाधारहरु समय सम्पन्न गर्न प्राविधिक पक्षलाई सवल र जिम्मेवार बनाई आर्थिक पक्षमा जोड दिईनेछ ।

३. १३औं सागका खेलहरु मध्ये पोखरा रंगशाला भित्र सञ्चालन हुने पूर्वाधारहरुको हकमा पोखरा रंगशाला, पोखरा बहुउद्देश्यीय कभर्डहलको सम्पूर्ण तयारी लगायतका १३औं सागको सञ्चालनसंग सम्बन्धित भौतिक पूर्वाधारहरुको निर्माणका लागि यस आ.ब.मा विनियोजित बजेट वमोजिम समयमा निर्माण कार्य सम्पन्न गर्न प्राविधिक पक्ष र आर्थिक पक्षमा जोड दिईनेछ ।

४. खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नतिजामूलक वनाउने लक्ष्यका साथ राष्ट्रिय स्तरमा हुने नियमित प्रतियोगिताको रुपमा प्रत्येक २÷२ वर्षमा सञ्चालन गरिने आगामी नवौं राष्ट्रिय खेलकुदको भौतिक पूर्वाधारको निर्माण कार्यलाई समेत प्राथमिकतामा राखि विनियोजित वजेट वमोजिम निरन्तर भएका निर्माण कार्यलाई शसक्त वनाउने र थप नयाँ योजनाको हकमा टेण्डर गर्नुपर्ने कार्यको लागि २०७६ भाद्र महिना भित्र टेण्डर आह्वानको कार्य सम्पन्न गरी निर्माण कार्यलाई यथाशिघ्र शुरु गरी समयमा भौतिक पूर्वाधारहरुको निर्माण सम्पन्न गर्ने र तोकिएको समयमा नै नवौ राष्ट्रिय खेलकुदको सन्चालन गर्ने दोश्रो महत्वपूर्ण लक्ष्य हुनेछ  ।

५. निर्धारण भएका १३औं साग र ९औं राष्ट्रिय खेलकुदको भौतिक पूर्वाधारहरु बाहेक आ.ब. २०७६÷०७७ को योजना भित्र परेका क्रमानुगत निर्माणका योजना र थप योजनाहरुलाई समेत ध्यानमा राखि टेण्डर गर्ने तर्फ २०७६ भाद्र महिना भित्र टेण्टर गरिसक्नु पर्ने कार्यलाई प्राथमिकतामा राखि पूर्वाधार निर्माणको आयोजना अघि वढाईनेछ ।

६. प्रदेश मातहत परेका क्रमानुगत योजना र थप नयाँ योजनाका लागि निरन्तर भएका योजनालाई सुचारु गर्ने र थप नयाँ योजनाका सम्बन्धमा स्थलगत निरिक्षण गरी स्थानको पहिचान, म्एच्, ब्लष्mबतष्यल र परामर्श सम्बन्धी आवश्यक परे सो कार्यको अविलम्ब थालनी गर्ने ।

७. हाइअल्टिच्युट ट्रेनिङ्ग सेन्टर निर्माणको लागि तोकिएको जिल्लामा सम्भाब्यता अध्ययन गरी सोको म्एच् र माष्टर प्लानको कार्य तुरुन्त प्रारम्भ गरिने ।

८. आ.ब. २०७६-०७७ मा विनियोजित स्थानीय तहमा खेलग्राम निर्माणको योजनाका सम्बन्धमा स्थानिय निकाय वा सरोकार पक्षसंग समन्वय गरी योजनाको प्रकृया अगाडी बढाउने ।

९. खेलकुदको भौतिक पूर्वाधारलाई विनियोजित बजेट वमोजिम परिषद्को उद्देश्य अनुसार निर्माणको कार्यलाई समयमा सम्पन्न गरी लक्ष्य प्राप्ती गर्न आवश्यक प्राविधिक (इन्जिनियर) पक्षलाई सवल र जिम्मेवार वनाउने परिषद्को दायित्व हुनेहुँदा सम्भव भएसम्म परिषद्मा मौजुदा प्राविधिक कर्मचारीहरुबाट परिचालन गर्ने र नपुग प्राविधिकहरुको हकमा आवश्यकतालाई मध्यनजर गरी ब्यवस्था गरिनेछ ।

१०. विगत वर्षदेखि नै परिषद्ले विभिन्न खेल पूर्वाधार निर्माणका लागि प्रत्येक योजनामा जिम्मेवारी प्रदान गरेका प्राविधिक जनशक्तिहरु संग कार्यसम्पादन संझौता गरी तोकिएको कार्य गर्न उत्प्रेरित बनाउने कामलाई अगाडी बढाइनेछ ।

११. परिषद्ले योजना अनुरुप गरिएको कार्य सम्पादन संझौता वमोजिम कार्य भए नभएको अनुगमन गरी पुरस्कार र दण्डको ब्यवस्था मिलाईनेछ ।

१२. खेल पूर्वाधार निर्माणकार्यमा आवश्यक सहयोग गर्ने प्रशासनिक लगायतका अन्य कर्मचारीहरुको समेत आ–आफ्नो स्थानबाट आवश्यक सहयोग गरी लक्ष्य अनुरुप सफलता प्राप्त गर्न सहज बनाईनेछ ।

१३. योजना सम्बन्धी विनियोजित बजेटलाई सार्वजनिक खरिद ऐन, नियमावली र प्रचलित कानून बमोजिम समयमा सुरु गरी उपलब्धी हासिलमा खर्च गर्ने, कानून बमोजि पेश्की निकासा र फर्छैटको व्यवस्थालाई पारदर्शीतामा जोड दिइ आर्थिक अनुशासन कायम गर्ने ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey