लिष्ट ‘ए’ मा सोमपालको ५० विकेट पूरा
- नेप्लेज
- |
- २०७४-१२-०३
- |
- 168 पटक हेरिएको
नेदरल्याण्डस विरुद्ध उत्कृष्ट बलिङ गरेका सोमपालले एउटा कोशेढुङगा पार गरेका छन ।
विश्वकप छनोटमा सातौ स्थानको प्लेअफमा नेदरल्याण्डस विरुद्ध सुरुवातमा नै २ विकेट लिएका सोमपालले लिष्ट ए मा ५० विकेट पुरा गरेका छन ।
कुपरको विकेट लिए पछि सोमपाल लिस्ट ए मा नेपालको लागि ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
आफ्नो ३७ औं खेल खेलीरहेका सोमपालले आजको खेलमा दुई विकेट निकाल्दै ५० विकेट लिने पहिलो नेपाली खेलाडी बन्न सफल भएका हुन् ।