सदस्य–सचिव सिलवालद्वारा बक्सिङ खेलाडीको बिदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-१३
  • |
  • 269 पटक हेरिएको

काठमाडौं १३ साउन । मित्र राष्ट्र कुवेतमा अगस्ट १ देखि ९ तारिख सम्म संचालन हुने एएसबीसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनशिपमा  सहभागी हुने नेपाली बक्सिङ टोलीलाई साेमबार एक कार्यक्रमबीच बिदाइ गरियो । टोलीलाई  राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कुवेत बक्सिङ संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष ४९ केजी तौलसमूहमा छिरिङ वाङदी शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा आठौं सागका स्वर्ण विजेता रामचन्द्र थापा मगर तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य एवं स्कुल बक्सिङ समितिका संयोजक पुष्करराज पन्त रहेका छन् ।

कार्यक्रममा फिटवेल नेपालले टोलीलाई ट्रयाकसुट प्रदान गरेको थियो भने बक्समाण्डुले खेलाडीलाई खेलका क्रममा लगाने पोशाक प्रदान गरेको थियो । टोली मंगलबार जाने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey