सबै जना साग हुन्छ भन्नेमा विश्वस्त छन्ः सदस्य सचिव सिलवाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-११
  • |
  • 369 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद साग मंसिरमा आयोजना हुने तय भइसकेको छ । तर प्रतियोगिता शुरु हुन करिव चार महिना बाँकी रहेको अवस्थामा तयारीको प्रगति भने खासै देखिएको छैन । समय नजिकिँदै जाँदा राष्ट्रिय खेलकुद परिषद्मा नयाँ सदस्य सचिव आउनुले पनि साग समयमै हुन्छ की हुँदैन भन्ने अन्योलता कायमै छ । तर, नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवाल भने साग समयमै आयोजना हुन्छ भन्ने आश्वस्त पार्नै ब्यस्त छन् ।

आज नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पनि सदस्य सचिव सिलवालले दक्षिण एसियाली खेलकुद समयमा नै हुने कुरा दोहो¥याए । ‘अहिले मेरा कर्मचारीलाई पनि साग हुन्छ की हुँदैन भनेर सोध्यो भने हुन्छ भन्ने विश्वास पलाएको छ, खेलाडीहरु पनि साग हुनेमा विश्वस्त छन्,’ एक खेलबाहेक सबै खेलको बन्द प्रशिक्षण शुरु भइसकेको सदस्य सचिव विष्टको भनाई छ ।

‘आर्थिक कारणले गर्दा कुनै पनि खेलको तयारी रोकिनेछैन,’ सदस्य सचिवले दाबी गरे । यतिभन्दै गर्दा पनि प्रतियोगिता आयोजनाको मुख्य भेन्यू– दशरथ रंगशाला र पोखरा रंगशालाको तयारी हो । पोखरा रंगशालाको निर्माण सम्पन्न हुन कठीन जस्तै देखिन्छ । दशरथ रंगशाला भने निर्माणको अन्तिम चरणमा छ । ‘म बारम्बार रंगशालाको निरीक्षण गरिरहेको छु, ठेकेदारलाई काम छिटो सकाउन दबाब दिइरहेको छ,’ सदस्य सचिवले भने ।

तीन पटक मिति घोषणा भएर सरेको दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३औं संस्करणले यसै वर्षको अन्तिममा चौथो मिति पाएको छ । पूर्वाधारका साग तीन पटक स¥यो । निर्धारित समयभन्दा डेढ वर्ष नै ढिला भयो । तर, भौतिक पूर्वाधारको समस्या अझ पनि टरेको छैन । प्रतियोगिता काठमाडौं र पोखरामा आयोजना हुँदैछ । २८ खेल समावेश हुने सागका लागि पूर्वाधारका काम धमाधम अघि बढेको सदस्य सचिवको भनाई छ । ‘तेक्वान्दो र करातेका आ–आफ्नै भवन छन् । सफ्ट तेनिस र लन टेनिस संघलाई हस्तान्तरण गरिसकेँ,’ सदस्य सचिवले भने । पौडी पोखरीमा पानी भर्ने काम भइसकेकाले प्रशिक्षणमा कुनै समस्य नहुने सदस्य सचिवको भनाई छ ।

सातदोबाटोमा रहेको सुटिङ रेन्ज भने चाइनिजले हस्तान्तरण गरेको छैन । त्यसैले सुटिङ खेलाडीले रेन्जभित्र बसेर तालिम गर्न पाएका छैनन् । अहिले सुटिङ खेलाडीले आर्मीको रेन्जमा प्रशिक्षण गरिरहेका छन् । ‘हामीले सम्झौता गर्न नै गल्ति ग¥यौं । ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने सम्झौता गर्नुपर्ने थियो,’ सदस्य सचिव सिलवालले भने ।
खेलाडीको तयारीमा भर्खरमात्र शुरु भएको छ । प्रतियोगिता नजिकिँदै जाँदा सघन प्रशिक्षण हुनुपर्नेमा यसै साताबाटमात्र खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । तर, खेलाडी छनोटको ठोस कार्यविधि बनेको छैन ।

‘कार्यविधि मिलाउन सकिन्छ,’ सदस्य सचिव सिलवालले भने । ‘कार्यविधि आएको छैन भनेर हाम्रो तयारीलाई रोक्न सक्दैनौं । उहाँहरु (सम्बन्धित संघका प्रतिनिधि तथा प्रशिक्षक) संग बसेर छलफल गरेर प्रशिक्षणका कार्यक्रम अघि बढाइएको छ,’ सदस्य सचिवले थपे ।

केही खेलका खेलाडीहरुलाई विदेशमा प्रशिक्षणका लागि पनि पठाइएको सदस्य सचिवले जानकारी दिए । अहिले सबै खेलले प्रारम्भिक प्रशिक्षण शुरु गरिसकेका छन् ।

देशले चार अर्व खर्च गरेर यो प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिताको आयोजनाले खेलकुदसँगै देशको संस्कृति, सामाजिक पक्षसँगै विकास पनि जोडिन्छ । तर, देशको राजधानी काठमाडौं नै अस्तब्यस्त भएको अवस्थामा यो प्रतियोगिताले यहाँ आउने खेलाडीले नेपालको कस्तो चित्र लिएर घर फर्कलान भन्ने चिन्ता भने सोचनीय छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey