धनगढी प्रिमियर लिगलाई आईसीसीको मान्यता

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-३०
  • |
  • 182 पटक हेरिएको

फागुन ३०, काठमाडौं । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा कैलालीमा हुने धनगढी प्रिमियर लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको छ ।

करिव एक महिना अघि आईसीसीमा आवेदन दिएकोमा बुधबार आईसीसीका सिनियर क्रिकेट अपरेसन म्यानेजर क्लिभ हिचककले पत्र पठाउँदै डीपीएल टू लाई मान्यता दिएको आयोजक धनगढी प्रिमियर लिगका अध्यक्ष सुवास साहीले जानकारी दिए ।

आईसीसीले मान्यता दिएसँगै प्रतियोगिताका फ्रेन्चाइजी टोलीलाई उच्चस्तरका बिदेशी खेलाडी अनुबन्ध गर्ने बाटो खुलेको अध्यक्ष शाहीले बताए । त्यतिमात्र होइन नेपाली राष्ट्रिय टोलीलाई पनि आईसीसीले नै नियमन गरिरहेको अवस्थामा डीपीएलका लागि आईसीसीको मान्यता लिनु जरुरी जस्तै थियो ।

धनगढी प्रिमियर लिगको दोस्रो संस्करण आगामी चैत १७ गतेदेखि सुरु हुँदैछ । प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन् प्रतियोगिताको उपाधि विजताले २५ लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्ते तेस्रो हुनेले ३ तथा चौथो हुनेले पनि २ लाख पुरस्कार पाउनेछन् ।

प्रतियोगिताका लागि तयारी करिव अन्तिम चरणमा पुगेको जानकारी आयोजकका अध्यक्ष सुवास शाहीले जनाए । उनका अनुसार सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा हुने खेलमा दर्शकका लागि ७ हजार क्षमताको अस्थाई प्याराफिट बनाउने काम सुरु भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey