नेपाल र पिएनजीको खेल आज, एकदिवसिय मान्यता पाउने अन्तिम मौका

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०१
  • |
  • 221 पटक हेरिएको

फागुन ३० ।  आइसीसी विश्वकप छनोटको सुपरसिक्समा स्थान बनाउन नसकेको नेपालले एकदिवशीय मान्यता पाउने लक्ष्यका साथ आज पुपुवा न्युगिनीसँग खेल्दैछ ।

जिम्बावेको हरारे क्रिकेट मैदानमा हुने खेल नेपाली समय अुनसार दिउसो सवा १ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको सुपरसिक्समा पुग्न नसकेको नेपालले एकदिवशीय मान्यताका लागि भोली पपुवा न्युगिनीलाई पराजित गर्नुपर्नेछ । ]

यदि नेपाल विजयी भएमा र अर्को खेलमा नेदरल्याण्ड्सले हङकङलाई हराएमा सातौ प्लेअफ नखेली नेपालले एकदिवशीय मान्यता पाउनेछ ।
यदि नेपाल र हङकङले आफ्नो खेल जितेमा सातौं स्थानको प्लेअफ खेल्नुपर्नेछ । जसको विजेताले २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाउनेछ ।

तर नेपाल पपुवा न्युगिनीसँग पराजित भएमा एकदिवशीय मान्यताबाट पनि टाढिने छ भने पुनः डिभिजन २ मा घटुवा हुनेछ ।

नेपाल र पुपुवा न्युगिनीको हेड टु हेड

नेपाल र पपुवा न्युगिनी अहिलेसम्म ३ पटक खेलेका छन । जसमा नेपालले एक खेलपनि जित्न सकेको छैन ।

नेपाल र पपुवा न्युगिनी पहिलो पटक २००५ मा मलेसियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को छनोट चरणमा भिडेका थिए । जसमा नेपाल ७० रनले पराजित भएको थियो ।

त्यसपछि २०१५ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पिएनजीसँग २ विकेटले पराजित भएको थियो ।
यस्तै सोहि प्रतियोगिताको दोस्रो खेलमा नेपाल पिएनजीसँग ३ विकेटले हार्न पुग्यो ।

पिएनजी विरुद्द नेपालको ब्याटिङ नै मुख्य चुनौती हुनेछ । नेपाली टिमको ओपनिङ जोडीको पछिल्ला ११ खेलमा सबै भन्दा ठुलो साझेदारी ३८ रनको रहेको छ । जुन विश्व क्रिकेट लिग च्याम्पियनसिपको फाइनलमा युएई विरुद्ध गरेका थिए ।

पिएनजीका ओपनर टोनी उरालाई सस्तैमा आउट गर्न सके नेपाली बलरले दबाव दिन सक्नेछन ।

जारी प्रतियोगितामा उराले स्कटल्याण्ड विरुद्ध १ सय ५१ रनको पारी खेलेका थिए । साथै उनि यस प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थानमा रहेका छन । उनले अहिलेसम्म १८८ रन बनाएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey