आठौं खेलकुदका स्वर्ण विजेताले पाए ३ महिनापछि पुरस्कार

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-३१
  • |
  • 197 पटक हेरिएको

नेप्लेज, ३१ असार । प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद राखेपले ३ महिनापछि पूर्वघोषित नगद पुरस्कार वितरण गरेको छ ।

गत चैत २७ देखि बैशाख ११ सम्म प्रदेश ५ का बिभिन्न जिल्लामा सन्चालन भएको आठौं राष्ट्रिय खेलकुदमा ३ सय ३२ स्वर्ण पदक इभेन्टका लागि प्रतिस्पर्धा भएको थियो ।

एकल र सामुहिक खेलसमेतका विजेत गरी ६ सय ९६ जना खेलाडीले आज पुरस्कार पाएका हुन् । एकल खेलतर्फका स्वर्ण विजेताले १५ हजार र सामुहिक खेलतर्फका विजेताले ७ हजार रुपैयाँ पुरस्कार पाएका हुन् ।

त्यस्तै आठौं खेलकुदमा २६ राष्ट्रिय कीर्तिमान बनेको थियो । प्रति कीर्तिमान २५ हजार रुपैयाँका दरले आजै पुरस्कार वितरण गरिएको छ ।

सातदोवाटोमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्य सचिव रमेश सिलवाललगायतले खेलाडीलाई पुरस्कार वितरण गरेका हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey