सदस्यसचिवमा सिलवाल, ‘पहिलो चुनौती साग सफल पार्ने’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-२२
  • |
  • 194 पटक हेरिएको

नेप्लेज, २२ असार । राष्ट्रिय खेलकुद परिषद्को १८ औं सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुने भएका छन् । उनलाई नियुक्त गर्ने विषयमा सत्तारुढ दल नेकपामा सहमति भइसकेको जनाइएको छ ।

सिलवालले सोमबार पद तथा गोपनियताको सपथ लिने बताइएको छ । त्यसकालागि मन्त्रालयले तयारी तिव्र पारेको छ । मन्त्रालय स्रोतका अनुसार आजै राति अबेरसम्म भएपनि सदस्यसचिव नियुक्त गर्ने तयारी भइरहेको छ ।

तर, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेनाले सिलवाल सदस्य सचिवमा आउने सम्भावना रहेकाे तर औपचारिक निर्णय नभइसकेकाे जानकारी दिए ।

सदस्यसचिव नियुक्त गर्नका लागि पहिला राखेपमा दर्ता भएको कुनै एक खेलसंघले सदस्यमा सिफारिस गर्नुपर्ने छ । सिफारिसपछि मात्रै मन्त्रीस्तरीय निर्णयबाट सदस्यसचिव नियुक्त हुने प्रावधान रहेको छ ।

नेपाल क्रिकेट संघ क्यानको विवाद कायमै रहेका बेला राखेपले बनाएको तदर्थ समितिका संयोजक समेत भइसकेका सिलवाल गोल्डेन गेट कलेजका सञ्चालक पनि रहेका छन् ।

चार वर्षे कार्यकाल पुरा गरि निवर्तमान सदस्यसचिव केशबकुमार विष्ट असार ९ गते विदा भएका थिए । त्यस यता सदस्यसचिवको पद रिक्त छ ।

मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको सफलतापूर्वक सम्पन्न गराउने पहिलो चुनौती नै नवनियुक्त सदस्यसचिको काँधमा रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey