टियू ए र गोल्डेनगेट युनिभर्सिटी कपको क्वार्टरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 199 पटक हेरिएको

फागुन २८, काठमाडौं । टियू ए र गोल्डेन गेट कलेज काठमाडौंमा जारी दोस्रो युनिभर्सिटी कप टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

टियू मैदानमा सोमबार भएका खेलहरमा टियू ए ले ट्रिटन कलेजलाई २४ रनले हराउँदा गोल्डेनगेटले सेन्ट जेभियर कलेजबिरुद्ध १२४ रनको फराकिलो जित हासिल ग¥यो ।

समूह ए को खेलमा टस हारेर पहिले ब्याटिङ गरेको टियूले इशान पाण्डेको अविजित ५५ रनको सहयोगमा निर्धारित ओभरमा ६ विकेट गुमाएर १६६ रन बनायो । म्यान अफ द म्याचसमेत बनेका इशानका अलावा पृथु बास्कोटाले ३३ रन बनाए । ट्रिटनका अभिनाश अधिकारीले ३ विकेट लिए ।

१६७ रनको लक्ष्य पछ्याएको ट्रिटनले २० ओभरमा ७ विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो । उसका लागि भीम सार्कीले ५१ रनको अर्धशतकीय पारी खेले पनि अन्यले उल्लेख्य रन बनाउन सकेनन् । बलिङतर्फ टियूका लागि क्षितिज सिंहले ३ तथा सागर ढकालले २ विकेट लिए ।

अर्को खेलमा समूह बी बाट गोल्डेन गेटले सेन्ट जेभियर्सलाई १२४ रनको बिशाल अन्तरले हराउँदा गोल्डेनगेटका नरेश बुढायर शतकबाट मात्र ४ रनले चुके । म्यान अफ द म्याच बनेका नरेशले ६२ बल खेलेर नरेशले ११ चौका र २ छक्का प्रहार गर्दै अविजित ९६ रन बनाएका थिए । गोल्डेनगेटले २० ओभरमा २ विकेटको क्षतिमा १९८ रन बनाएको थियो ।

गोल्डेनगेटका लागि नरेशका अलावा भुपेन्द्र थापाले ४८ र शुसान्त सिंह थापाले ३२ रन बनाएका थिए ।

१९९ रनको बिशाल लक्ष्य पछ्याएको सेन्ट जेभियर्स १८ ओभरमा ७४ रनमै समेटियो । उसका लागि कप्तान अनुप सिंह न्यौपानेले ४६ रन बनाए पनि अन्य कुनै पनि ब्याट्सम्यान धेरैबेर क्रिजमा टिक्न सकेनन् । गोल्डेनगेटका रवि कुमार साहले ३ ओभर बलिङ गरी १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिएपछि सेन्ट जेभियर्सको इनिङ ध्वस्त भएको हो । रविका अलावा सञ्जय श्रेष्ठले पनि ३ विकेट लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey