आर्मी झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि झापासँग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 152 पटक हेरिएको

फागुन २६ । झापा गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी क्लव र झापा ११ भिड्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा आर्मीले मनाङ मस्र्याङदी क्लवलाई १–० गोलले हराउँदै आर्मीले फाइनलमा स्थान बनायो ।

झापाको डोमालाल रंगशालामा भएको खेलमा आर्मीको जितमा नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको दोस्रो मिनेटमा नै आर्मीका लागि नवयुगले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाउदै नवयुगले गोल गर्न सफल भए । त्यसपछि मनाङले खेलमा फर्कन बारम्बार प्रयास गरेपनि सफल हुन सकेन ।

उल्टो पहिलो हाफको इन्जुरी समयमा आर्मीका जर्ज प्रिन्स कार्कीले मनाङका गोलकिपर दिनेश थापामगर विट भइसकेको अवस्थामा पनि गोल गर्नबाट चुके ।

दोस्रो हाफमा पनि मनाङले दुई वटा राम्रा मौका सिर्जन गरेको थियो । तर उसका स्ट्राइकर चुक्न पुगे । जसका कारण नवयुगको एकमात्र गोल आर्मीलाई फाइनलमा पुर्याउन प्रयाप्त बन्यो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey