अन्तर विद्यालय फुटसल शुक्रबारबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-२९
  • |
  • 255 पटक हेरिएको

काठमाडौं । दोस्रो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ ।
आयोजक कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालीले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबारबाट सुरु हुने जानकारी गराएको हो ।
शनिबारसम्म संचालन हुने प्रतियोगितामा ३२ बढी विद्यालयको टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा १६ वर्षभन्दा मुनीका विद्यार्थीले मात्र खेल्न पाउने छन् ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ३० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । उपविजेताले २० हजार सहित मेडल र ट्रफी पाउने छन् ।
यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्टह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई गोल्डेन गेट इन्टरनेसनल कलेजले मुख्य प्रायोजन गरेको छ । आयोजक र गोल्डेन गेटबीच बुधबार एक बर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।
गोल्डेन गेटका सिईओ रमेश सिलवाल र कखराका सिईओ कृष्ण प्रसाद कंडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey