टि–२० महिला क्रिकेटको उपाधिका लागि एपीएफ र मिलन एकेडेमी भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२५
  • |
  • 267 पटक हेरिएको

फागुन २५,  चितवन। चितवनमा जारी टि–ट्वान्टी महिला क्रिकेट लिगको उपाधिका लागि एपीएफ र मिलन क्रिकेट एकेडेमी भिड्ने भएका छन् ।

समूहको शीर्ष दुई स्थानमा रहँदै यी दुई टोलीले फाइनल भिडन्त पक्का गरेका हुन् । लिगमा एपिएफले तीन वटै खेल जित्यो भने मिलनले दुई खेल जित्दै उपविजेताका रुपमा फाइनलमा पुग्यो ।

लिगको अन्तिम खेलमा शुक्रबार एपिएफले आयोजक राईजिङ क्रिकेट वुमन्स क्लव र मिलनले भारतको अल इन्डिया वुमन्स टि ट्वान्टी क्रिकेट एशोसियसनलाई पराजित गरेको हो ।

शुक्रबारको खेलमा एपीएफले राइजिङलाई ८ विकेटले हरायो । टस जितेर पहिले व्याटिङ गरेको राइजिङले निर्धारीत २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २६ रन वनाएको थियो ।

जवाफी व्याटिङमा उत्रिएको एपीएफले ११ वल वाँकी छँदै मात्र २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । एपीएफको जीतमा कप्तान सीता राना मगरले ५१ रनको योगदान गरिन् । उनी वुमन अफ दि म्याचसमेत भइन् ।

शुक्रवारको दोश्रो खेलमा मिलन क्रिकेट एकेडेमीले अल इन्डिया वुमन्स टि–ट्वान्टी क्रिकेट एशोसियसन भारतलाई ७ विकेटले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेको हो । भारतले दिएको १०० रनको लक्ष्य मिलनले १३ ओभर २ वलमा पुरा गरेको छ ।

मिलनको जितमा नेपाली राष्ट्रिय महिला क्रिकेटकी पुर्व कप्तान समेत रहेकी नेरी थापाले ३७ रन, कप्तान रुविना क्षेत्रीले २३ रनको योगदान दिइन् । २ विकेट समेत लिएकी नेरी वुमन्स अफ दिन म्याच भइन् ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो । शनिवार हुने फाइनलको विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

राजेन्द्र अाचार्यकाे सहयाेगमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey