खेलकूदको बजेट ३ अर्ब ९९ करोड, मुलपानी मैदानलाई १० करोड विनियोजन (भिडियाेसहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१५
  • |
  • 198 पटक हेरिएको

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७६–०७७ को बार्षिक बजेटमा खेलकूद तर्फ ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आर्थिक वर्षमा सरकारले ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

बुधबार संसद्को संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आसन्न साग आयोजना र २ वर्ष पछि हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि पनि बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।

गत बर्षकाे बजेट

संघ र प्रदेशमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण र खेल ग्रामलाई यस वर्षको बजेटमा पनि निरन्तरता दिइएको छ । काठमाडौं उपत्यकामा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय परिसर निर्माणको प्रक्रिया थाल्ने पनि बजेटमा उल्लेख गरिएको छ ।

सरकारले प्रदेशमा स्तरीय सुविधा सम्पन्न रंगशाला निर्माणका लागि ४० करोड विनियोजन गरेको छ । यसैगरी २ वर्ष भित्र पुरा हुने भनिएको मुलपानी क्रिकेट मैदानका लागि यस वर्षको बजेटमा १० करोड विनियोजन गरिएको छ । क्रिकेट खेललाई उच्च प्राथमिकतामा राखेको सरकारले नीजि क्षेत्रले स्टेडियम बनाउन खोजे उनीहरुलाई प्रोत्साहन गर्ने नीति लिइएको पनि बजेटमा उल्लेख गरिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey