अन्तर संघ आमन्त्रण फुटसल बिहीबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२२
  • |
  • 207 पटक हेरिएको

फागुन २२, काठमाडाैं । नेपाल खेलाडी तथा प्रशिक्षक संघको आयोजनामा सुनीललाल जोशी स्मृति अन्तर संघ आमन्त्रण फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं दक्षिण एसियाली खेलकुद (साग) का पदकधारी सुनीलाल जोशीको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगितामा २० टिमको सहभागिता रहने आयोजक संघका महासचिव राजेन्द्र पाठकले जनाएका छन् ।

खुशीबुँस्थित रिभर फिल्ड फुटसलमा हुने दुईदिने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार पाउने छन् । प्रतियाेगितामा विभिन्न स‌ंघसहित नेपाल खेलकुद पत्रकार मञ्चकाे टाेलीकाे पनि सहभागिता छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey