आर्सनल समर्थकले भने ‘वेङ्गर आउट’

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२२
  • |
  • 192 पटक हेरिएको

फागुन २२ । आर्सनलका ८८ प्रतिशत समर्थक नयाँ सिजनमा आर्सने वेङ्गरलाई निरन्तरता दिन नहुने पक्षमा देखिएका छन् ।

आर्सनल समर्थक कोष एएसटी को सोमबार लण्डनमा बसेको बैठकका सहभागी मध्ये अधिकांश आर्सने वेङ्गरको विपक्षमा देखिएका हुन् ।

ब्राइटनसँग पराजित भएपछि बसेको बैठक अघि एएसटीका सदस्यहरुसँग ब्यक्तिगत रुपमा नै यो सर्वेक्षण गरिएको थियो । जसमा ८८ प्रतिशत वेङ्गरको विपक्षमा, ७ प्रतिशत विपक्षमा र बाँकी ५ प्रतिशत अनिर्णित थिए ।

एएसटीमा एक हजारभन्दा बढी सदस्य छ । यो सर्वेक्षण ४५० जनामा आधारित रहेको डेलीमेलले जनाएको छ ।

एएसटीका प्रवक्ता निगेल फिलिप्सले भने, ‘हामी यसरी अघि बढ्न सक्दैनौं । बोर्ड र क्लबका मालिकले आर्सनेको विषयमा स्पष्ट धारणा राख्नुपर्ने देखिन्छ ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey