नीति तथा कार्यक्रममा क्रिकेटलाई बढी प्राथमिकता, मुलपानी मैदान २ वर्ष भित्र सञ्चालनमा !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-२०
  • |
  • 247 पटक हेरिएको

सरकारले २ वर्ष भित्र मूलपानीमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सञ्चालनमा ल्याउने घोषणा गरेको छ । सरकारको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेकी हुन् ।

जग्गा विवादका कारण लामो समयदेखि अन्योलमा रहेको उक्त रंगशालाको विवाद समाधान भइसकेको यसअघि राष्ट्रिय खेलकूद परिषद् राखेपले पनि जनाएको थियो ।

यसैगरी क्रिकेट खेलको विकासका लागि निजी क्षेत्रको अग्रसरतामा क्रिकेट लगाएतका खेल संरचना निर्माणका लागि प्रोत्साहन गर्ने छ । क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको खेलकूद परिसर निर्माणका लागि आउँदो आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीएआर) तयार गरिने छ ।

सरकारले यसअघिनै भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको खेलकूद परिसर बनाउने विषयमा जग्गा अबलोकन गरेको छ । सबै प्रदेशमा सुविधासम्पन्न रंगशाला र सवै स्थानीय तहमा खेल ग्राम बनाउने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सरकारले नीति तथा कार्यक्रममा खेलकूद क्षेत्रको विषयमा क्रिकेटलाई मात्रै प्राथमिकता दिएको छ ।

नेपालले यसैवर्ष भित्र अन्तर्राष्ट्रिय प्रतियोगिता १३ औं साग आयोजना गर्ने विषयमा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । १३ औं साग यसअघिनै हुुनु पर्नेमा पूर्वाधार तयार नभएपछि आगामी डिसेम्बरमा आयोजना गर्ने गरि मिति तय गरिएको छ ।

गत वर्षकाे नीति तथा कार्यक्रममा के थियाे त ?

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey