नेपाल जिम्बाबेसँग ११६ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 249 पटक हेरिएको

फागुन २०। काठमाडाैं । आईसीसी एकदिवशीय विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग ११६ रनको पराजय ब्यहोरेको छ ।

जिम्बावेले दिएको ३८१ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २६४ रनमात्र बनाउन सक्यो । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यानहरु शरद भेषावकर र आरिफ शेखले अर्धशतक बनाए पनि खेल जिताउन सकेनन् ।

टेष्ट मान्यताप्राप्त जिम्बाबेका बलरहरुले नेपाली ब्याट्सम्यानलाई लामो साझेदारी बनाउन दिएजज् । टिमको स्कोर ९ हुँदा चौथो ओभरमा नेपालको विकेट पतन सुरु भएको थियो । ओपनर दिलिप नाथ व्यक्तिगत २ रनको स्कोरमा आउट भए ।

त्यसपछि आएका कप्तान पारस खड्काले अर्का ओपनर ज्ञानेन्द्र मल्लसँग मिलेर ५४ रनको साझेदारी गरी इनिङ उकास्ने प्रयास गरे । १३.२ ओभरमा सिकन्दर राजाको बलमा आउट हुनुअघि पारसले ३७ बल खेलेर ८ चौकाको सहयोगमा ४० रन बनाए ।

२१.१ ओभरमा दिपेन्द्र सिंह ऐरी २३ रनको स्कोरमा आउट हुँदा नेपालले ९८ रन बनाएको थियो ।

त्यसपछि नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि ३२ रनको स्कोरमा गुमायो । त्यसपछि आएका शरद भेषावकर र आरिफ शेखले पाचौं विकेटका लागि ७३ रनको साझेदारी गरे । शरद भेषावकरले ५२ रनको अर्धशतकीय पारी खेलेर आउट हुँदा नेपालले ३७.१ ओभरमा १७३ रन बनाएको थियो ।

त्यसपछि आएका रोहित कुमार पौडेलले आरिफसँग मिलेर ५९ रनको साझेदारी गरे । ४६.३ ओभरमा रोहित व्यक्तिगत ३० रनमा आउट भए भने त्यसको अर्को ओभरमा ५० रनको अर्धशतकीय पारी खेलेर आरिफ पनि पेविलियन फर्किएपछि नेपालको हार निश्चित भयो ।

यस खेलमा पनि नेपालको टप अर्डरका ब्याट्सम्यानले आफूलाई प्रमाणित गर्न सकेनन् ।

यसअघि जिम्बावेकाे बुलावायाेस्थित क्वीन्स स्पाेर्टस क्लवकाे मैदानमा टस जितेर पहिले व्याटिङ गरेकाे घरेलु टाेलीले निर्धारित अाेभरमा ६ विकेट गुमाएर ३८० रनकाे याेगफल बनाएकाे थियाे ।

नेपालबिरुद्द कुनैपनि टिमले बनाएकाे याे सर्बाधिक ठूलाे याेगफल हाे ।

टेष्ट मान्यताप्राप्त टोली जिम्बाबेबिरुद्ध उसकै मैदानमा नेपालका बलरहरु नराम्रोसँग चुटिए । नेपालको बलियो पक्ष मानिएको बलिङमा यसपटक नराम्रोसँग चुक्न पुगे ।

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो । उसका लागि ब्रेण्डन टेलर र सिकन्दर राजाले शतकीय पारी खेले ।

४८.४ ओभरमा सोमपाल कामीको बलमा रोहित कुमार पौडेलको हातबाट क्याच आउट हुनुअघि जिम्बाबेका सिकन्दर राजाले १२३ रनको शानदार शतकीय पारी खेले । उनले मात्र ६६ बल खेलेर ९ छक्का र ७ चौका प्रहार गरे ।

त्यसको अर्को बलमै सोमपाललाई अर्को सफलता मिल्यो । १०० रन बनाएर खेलिरहेका ब्रेण्डन टेलरलाई उनले ललित राजवंशीको हातबाट क्याचआउट गराए । टेलरले ९१ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

टेलर र राजाले पाचौं विकेटका लागि १७३ रनको शाझेदारी गरेका थिए ।

पहिलो विकेटका लागि जिम्बाबेका सेकास जुवाओ र सोलोमोन मिरेले ७७ रनको साझेदारी गरे । ७.१ ओभरमा सन्दिप लामिछानेले सेकासलाई ४१ रनको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यू धरापमा परे ।

१२.५ ओभरमा ह्यामिल्टन मासाकादजालाई व्यक्तिगत १७ रनमा बसन्त रेग्मीले आउट गराउँदा जिम्बाबेको स्कोर १०८÷२ भयो । १४.३ ओभरमा सोलोमन मिरे अर्धशतकसहित ५२ रनको स्कोरमा आउट भए ।

नेपालले चौथो विकेटका रुपमा क्रेग इर्भिनलाई ३४ रनमा गुमायो । नेपाली टोलीबाट डेब्यू गरेका ललित राजवंशीले विकेट लिएका थिए । त्यसपछि नेपालले विकेट लिन सकेन भने जिम्बाबेले ठूलो योगफल बनायो

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey