डवल लिग बास्केटबलः कीर्तिपुरको अपराजित यात्रा कायमै, जेभियरको चौथो हार

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१८
  • |
  • 290 पटक हेरिएको

फागुन १८, काठमाडौं । राष्ट्रिय क्लवस्तरीय डवल लिग बास्केटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा जेभियर इन्टरनेशनल कलेजको टोलीलाई अतिरिक्त समयमा हराउँदै कीर्तपुर टिम लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको कीर्तिपुरले जेभियरलाई अतिरिक्त समयमा ८५–८३ को स्कोरमा हरायो । जितपछि कीर्तिपुरको १२ अंक भएको छ । शीर्ष स्थानको आर्मीको १५ अंक छ भने उसले एक खेल बढी खेलेको छ ।

शनिबारको खेलमा घरेलु कोर्टमा उत्कृष्ट प्रदर्शन गरे पनि जेभियरले खेल गुमाउन पुग्यो । नियमित समयमा ७४–७४ स्कोरको बराबरी भएपछि थपिएको पाँच मिनेटको समयमा कीर्तिपुरले ११ स्कोर गर्दा जेभियरले ९ स्कोरमात्र गर्न सक्यो ।

त्यसअघि घरेलु टोली जेभियरले सुरुआती तीन क्वार्टरमा २२–१२, १८–१७ र १८–१७ को जित हासिल गरी सहज पोजिसनमा रहेको थियो । तर, चौथो क्वार्टरमा कीर्तिपुरले उत्कृष्ट पुनरागमनसहित २८–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो र खेल बराबरीमा लग्यो ।

खेलमा १६ स्कोर गरेका जेभियरका सुरज खड्गी म्यान अफ द म्याच चुनिए भने जेभियरकै अभिशेक सिंह १७ स्कोरसहित सर्बाधिक स्कोरकर्ता बने ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey