मैत्रीपुर्ण तेक्वान्दोका लागि पूर्व ओलम्पिक पदक विजेता नेपालमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१७
  • |
  • 230 पटक हेरिएको

नेपाल तेक्वान्दो संघको आयोजनामा हुन लागेको मैत्रीपुर्ण तेक्वान्दोका लागि बेलायतबाट चर्चित खेलाडी तथा पदाधिकारी नेपाल आएका छन ।

बेलायतका लागि चार पटक ओलम्पिक खेलेर कास्य पदक विजेता तथा तीन पटक विश्व च्याम्पियन र चार पटक युरोपियन च्याम्पियन बनेकी रासा स्टेफेन्सोन नेपाल आएकी हुन । उनले सन् २००८ मा बेइजिङ ओलम्पिकमा देशका लागि कास्य जित्दै इतिहास बनाएकी थिइन ।

 

हाल ब्रिटिस तेक्वान्दो संघकी अध्यक्ष रहेकी उनीसँगै पारा तेक्वान्दो खेलाडी एमी ट्रुसडेलीपनि नेपाल आएकी छिन । उनले सन् २००९ मा भएको पहिलो विश्व पारा तेक्वान्दो च्याम्पियनसिप काश्य जितेकी थिइन । साथै उनी सन् २०१७ सम्म अनडिफिटेड रहेकी थिइन । बाँया हात नभएकी ३० बर्षे एमीले २०१४ र २०१७ मा विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन ।

यी दुईसँगै यूके स्पोर्टसकी प्रमुख डामी काथरीन ग्रोइन्जेर र बोर्ड सदस्य जोन डोसोन पनि नेपाल आएका छन । उनीहरुले नेपालमा आएर नेपाली तेक्वान्दोका साथै पारा तेक्वान्दोका विषयमा जानकारी लिने र दोहोरो सहयोगका लागि छलफल गर्ने बताइएको छ । यस्तै बेलायती तेक्वान्दोका प्रशिक्षक एन्र्डु डीर पनि टिमसँगै नेपाल आएकाछन । उनीसँगै बेलायती तेक्वान्दोका प्रमुख कार्यकारी अधिकृत मेट आर्केबाल्ड र युके स्पोर्टसकी अन्तराष्ट्रिय सम्बन्ध सल्लाहकार क्याथरिन स्विट पनि  छिन । यस्तै युए स्पोर्टसकी मुख्य इभेन्ट सल्लाहकार जेनी पेटोरसन पनि नेपाल भ्रमणमा पुगेकी छिन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey