खजुराको हकी मैदानकाे तयारी अन्तिम चरणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१४
  • |
  • 204 पटक हेरिएको

बाँके, १४ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी खजुरा गाउँपालिका २ सितापुरमा रहेको शुक्र माध्यमिक विद्यालयको खेल मैदानलाई बिहीवार सरसफाई गरीएको छ ।

आठौँको महिला हकी प्रतियोगिता सञ्चालन गर्नका लागि सितापुरको शुक्र माध्यमिक विद्यालयको खेल मैदान छनोट भएपछि त्यसलाई मर्मत तथा सरसफाई गरीएको हो ।

सितापुर युनाइटेड कल्वका स्थानीय युवाको अगुवाइ तथा सहभागितामा सरसफाई गरीएको हो । खजुराका स्थानीयहरु आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको केही खेल आफ्नै घर नजिक हुने भएपछि उत्साहित समेत भएका छन् ।

स्थानीयहरु स्वस्फुर्त रुपमा खेल मैदान सँगै गाउँको सरसफाइमा समेत जुटुको सितापुर युनाइटेड कल्वका अध्यक्ष गान्धी हमालले जानकारी दिए । खजुरा गाउँपालिका २ का वडाध्यक्ष देवीलाल शर्मा सितापुरमा आउने पाहुनाको स्वागत गर्नका लागि सम्पूर्ण स्थानीयहरु आतुर भएको प्रतिक्रिया दिएका छन् ।

खेल अवलोकन गर्न , खेल्न र खेलाउनका लागी आउने पाहुनाको स्वागतका लागि स्वागत गेट बनाउने जिम्मेवारी पनि बाडफाड भैसकेको वडाध्यक्ष शर्माले बताए । स्थानीयले प्रतियोगिताको मिति तल्काल तोक्न राष्ट्रिय खेलकुद परिषदलाई आग्रह समेत गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey