ह्वाइट हाउस इन्टर कलेज बास्केटबल सोमबारबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-०३
  • |
  • 235 पटक हेरिएको
हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजको आयोजनामा सोमबारदेखि प्रथम ह्वाइट हाउस इन्टर कलेज ९अण्डर १८० बास्केटबल प्रतियोगिता हुन गइरहेको छ ।
कुल ८ टिमको सहभागिता रहेको लिग कम नकआउट प्रतियोगितामा राजधानीका ८ कलेजहरुको सहभागिता रहनेछ । प्रतियोगितामा ९ कक्षा देखि प्लस टुसम्म अध्ययनरत १८ बर्ष भन्दा मुनिका खेलाडीहरुको मात्र सहभागिता रहनेछ ।
प्रतियोगिताको समुह क मा आयोजक ह्वाइट हाउस, ज्ञान निकेतन, इन्साइट भिजन र ट्रिनिटी इन्टरनेशनल कलेज रहेका छन् । अर्को समुहमा टाइम्स इन्टरनेशनल कलेज, गोल्डेन गेट, ट्रिटन र जेभियर इन्टरनेशनल कलेज रहेका छन् । लिग चरणमा पहिलो दुई स्थान हात पार्ने टिमहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताका सबै खेलहरु ह्वाइट हाउस वल्र्ड स्कुल कोटेश्वरको बास्केटबल कोर्टमा हुनेछन् । ह्वाइट हाउसले प्रतियोगितामार्फत सुस्ताइरहेको कलेज बास्केटबललाई पुनर्जिवित गर्ने बिश्वास लिएको छ ।
ूनेपालमा यस्तो समय पनि थियो जब धेरै भन्दा धेरै कलेज लेभलका बास्केटबलहरु हुन्थे र त्यसले धेरै दर्शकहरुलाई मैदानमा तान्न मद्दत गथ्र्यो । शायद क्रिकेटसँगै अन्य खेलहरु पनि लोकप्रिय हुदै गएपछि बास्केटबल पछि पर्न गएको हो । हामीले यो प्रतियोगितामार्फत त्यो समयलाई फर्काउन चाहेका हौ,ू ह्वाइट हाउसका सिइओ युवराज शर्माले बताए ।
ूयो पहिलो आयोजना हो र यसलाई हामी निरन्तरता दिै आगामी दिनहरुमा अझै ठूलो बनाउन चाहन्छौं । हामी होम एण्ड अवेको अवधारणामा अघि बढ्दै यो प्रतियोगिताको स्तरोन्नती गर्न चाहन्छौं । आशा गछौं यसले नेपाली बास्केटबललाई नया गति दिनेछ,ू उनले थपे । ूहाम्रो मुख्य लक्ष्य भनेको कलेजियट बास्केटबललाई अगाढी बढाउदै लाने हो किन भने यो घरेलु बास्केटबलको मेरुदण्ड हो

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey