सेभियामाथि एथ्लेटिको हाबी, ग्रिजम्यानको ह्याट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 151 पटक हेरिएको

फागुन १४ ।  स्पेनिस ला लिगामा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले सेभियामाथि ५–२ गोलको शानदार जित दर्ता गराएको छ । एथ्लेटिकोको जितमा उसका फ्रान्सेली स्ट्राइकर एन्टोइन् ग्रिजम्यानले ह्याट्रिक पूरा गरे ।

पाहुना टोली एथ्लेटिकोका ग्रिजम्यानले खेलको ४२औं, ५१औं र ८१औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका थिए । उनको दोस्रो गोल पेनाल्टीमार्फत थियो ।

त्यसअघि पहिलो हाफको २९औं मिनेटमा डिएगो कोस्टाले एथ्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए भने ६५औं मिनेटमा ग्रिजम्यानकै पासमा गोल गरेका थिए ।

खेलको अन्तिम १० मिनेट सेभियाले शानदार खेल पस्कियो । तर, ढिला भइसकेको थियो । १० मिनेको अन्तरमा उसले २ गोल फर्काउन सक्यो । ८५औं मिनेटमा पाब्लो साराविया र ८९औं मिनेटमा नोलिटोले गोल गरेका थिए ।

जितपछि एथ्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ७ मा झारेको छ भने तेस्रो स्थानको रियल मड्रिडसँग पनि ७ अंककै अग्रता बनाएको छ । ला लिगामा २५औं चरणका खेलहरु सकिएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey