कुमुदिनी होम्स र सत्यवती एक्सपर्ट कलेज क्रिकेटको फाईनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 442 पटक हेरिएको

१२ फागुन १२, कास्की । स्याङजा बहुमुखी क्याम्पसलाई पराजित गर्दै सत्यवती उच्चमावि दमौली तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार पहिलो सेमिफाईनलमा सत्यवतीले स्याङजालाई ३९ रनले हरायो । १०७ रनको लक्ष्य पछ्याएको स्याङजाका रामु थापाले ३५ रन बाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

टस जितेर ब्याटिङ रोजेको सत्यवतीले १०६ रन बनाएको थियो । सत्यवतीका लागि रुपक बरालले २८ रनको योगदान दिए भने अर्जुन श्रेष्ठले २६ तथा विजय भण्डारीले २४ रन जोडे । बलिङ तर्फ किस्मतजंग कार्कीले २ वकेट लिए ।
स्याङजालाई सस्तैमा समेट्नका लागि सौरभ अली र सुशिल गरीले २–२ विकेट लिँदा चार ब्याट्सम्यानले रनको खाता पनि खोल्न पाएनन् ।

यसैगरी पोखरा विश्वविद्यालयलाई ३१ रनले पराजित गर्दै कुमुदिनी होम्स फाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको कुमुदिनी होम्सले २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा ११६ रन बनायो । साहिल कार्कीले २७ रन, विकास अधिकारीले २३ रन बनाए ।

११७ रनको लक्ष्य पछ्याएको पोखरा विश्वविद्यालय भने १६ ओभर २ बल खेल्दै ८५ रनमा समेटियो । सुमन रसाईलीले २२ रन, कप्तान सागर कोइरालाले १७ रन र सन्देश रेग्मीले १४ रन जोडे ।

विश्वास पराजुलीले चार ओभर एक मेडन राख्दै १३ रनको खर्चमा ५ विकेट लिए । एकै खेलमा पाँच विकेट लिएको यो पहिलो हो । सम्राट खनालले दुई विकेट लिए । पाँच विकेट लिएका विश्वास पराजुली म्यान अफ दि म्याच घोषित भए ।

उनलाई प्रतियोगिताका सयोजक तथा क्रिकेटका राष्ट्रिय खेलाडी विधान श्रेष्ठले ट्रफी हस्तान्तरण गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey