फुल कन्ट्याक्ट खेलाडी आठाैंका लागि छानिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१०
  • |
  • 250 पटक हेरिएको
आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ७ बाट सहभागी हुने फुल कन्ट्याक्ट कराते खेलाडीको शुक्रबार टुंगो लागेको छ । प्रदेश ७ बाट ६ पुरुष र ४ महिला गरी १० खेलाडी प्रदेश ७ बाट राष्ट्रिय खेलकुदमा सहभागी हुने छन् ।
 पुरुषतर्फ बझाङका चन्द्र अधिकारी ४५ केजी, प्रकाश सिंह ५० केजी र सुनील कुँवर ५५ केजी, दार्चुलाका रुपकसिंह धामी ६० केजी तथा कैलालीका ईश्वर सुवेदी ६५ केजी र दीपेन्द्र बटाला खुलातर्फ छनोट भए ।
महिला ४५ केजीमा गीता अधिकारी, ५० केजीमा अनु विष्ट, ५५ केजीमा गरिमा बोहरा र खुलामा मनीषा भट्ट छानिए । चारै बझाङका हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey