चौथो अर्किड कप सेभेन ए साइडमा श्रमशील फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१०
  • |
  • 164 पटक हेरिएको
काठमाडौं, १० फागुन । श्रमशील विद्यापीठ र टाइमलाइन चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
श्रमशीलले एकलब्यलाई ३–१ गोलले पराजित गर्‍यो । श्रमशीलका प्रकाश बस्नेतले ह्याट्रिक गरे । एकलब्यको गोल आत्माघाती थियो । एकलब्यका सन्देश न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित भए ।
टाइमलाइनले विनायकलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
विनायकका युवराज गोर्खाकाली ‘म्यान अफ द म्याच’ चुनिए । फाइनल शनिबार हुनेछ । विजेताले २० हजार, उपविजेताले १५ हजार, तेश्रो हुनेले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey