एक्सेल्सियर र त्रिनेत्र फुटबल च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१८
  • |
  • 312 पटक हेरिएको
काठमाडौं, १८  माघ। आयोजक द एक्सेल्सियर स्कुल र त्रिनेत्र सातौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा शुक्रबार च्याम्पियन बनेका छन् । एक्सेल्सियर सिनियर ब्वाइज तथा त्रिनेत्र जुनियर ब्वाइजमा च्याम्पियन बने ।
स्वयम्भूस्थित घरेलु मैदानमा भएको सिनियर फाइनलमा एक्सेल्सियले साइन मोडललाई ३–१ गोलले पराजित ग¥यो । एक्सेल्सियरका निमेश गोतामेले २ तथा कर्मा निमा गुरुङले १ गोल गरे । साइनका रिदम आलेले सान्त्वना गोल गरे ।
जुनियर फाइनलमा त्रिनेत्रले ओराकललाई ४–३ गोलले हरायो । त्रिनेत्रका अनिश बुढा तथा किशन खड्काले समान २–२ गोल गरे । ओराकलका सुविन कर्माचार्यले २ तथा कृष गुरुङले १ गोल फर्काए ।
सातौं एक्सेल्सियर कपअन्तर्गत फुटबल र बास्केटबल उपाधि विजेता टोली सामूहिक तस्वीर खिचाउदै ।
एक्सेल्सियरका निमेश गोतम तथा त्रिनेत्रका अनिश बुढा उत्कृष्ट खेलाडी घोषित भए । सिनियरमा एक्सेल्सियरका दिक्षान्त खड्का तथा जुनियरमा ओराकलका रोजन श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । सिनियरमा काभ्या तथा जुनियरमा आर्या एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।
सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा उत्कृष्ट खेलाडी भएका एक्सेल्सियरका निमेश गोतामे (बायाँ) लाई ट्रफी प्रदान गर्दै एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेत ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey