अन्तरविद्यालय टेबलटेनिसमा आर्दश विद्या मन्दिर टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०८
  • |
  • 178 पटक हेरिएको

आर्दश विद्या मन्दिर आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । उसले सर्वाधिक २५ अंक जोड्दै टिम च्याम्पियन बनेको हो ।

आरुणी स्कुलद्वारा आयोजित प्रतियोगितामा विजेश्वरी १६ अंकसाथ दोश्रो भयो । १२ अंक जोडेको आयोजक आरुणीले तेश्रो स्थानमा चित्त बुझायो ।

प्रतियोगिताको अन्तिम दिन यु–१६ ब्वाइज सिंगल्समा एभीएमका संयोग कपाली पहिलो र विजेश्वरीका सुजन खड्का दोश्रो भए ।

यु–१४ ब्वाइज सिंगल्समा विजेश्वरीका विशाल गोलेले स्वर्ण र आरुणीका क्षितिज खनालले रजत जिते ।

ब्वाइज टिम इभेन्टमा एभीएम प्रथम र आरुणी द्वितिय भए । ब्वाइज डबल्समा एभीएमका संयोग कपाली र विशाल गोलको जोडी पहिलो तथा कान्पिुरका मुस्कान लिम्बू र तिलक भट्टराईको जोडी दोश्रो भए ।

विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, महासचिव शंकर गौतम, राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ, नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगितामा विभिन्न ४६ विद्यालयका ६ सय ८० खेलाडीले १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey