ज्ञान निकेतन बास्केटबलकाे उपाधि टाइम्सलाई 

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-११
  • |
  • 157 पटक हेरिएको

 

काठमाडौं, ११ माघ । टाइम्स इन्टरनेसनल कलेजले १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा टाइम्सले जेभियर इन्टरनेसनल कलेजलाई ५८–४५ ले पराजित ग–यो । टाइम्सको जितमा सुजन लिम्बूले २५ अंक योगदान गरे । सुजन नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सुरुका दुई क्वाटरमा क्रमशः १३–८ र १९–८ को अग्रता लिदै जितको आधारमा खडा गरेको थियो । तेश्रोमा १३–१५ र चौथोमा १३–१४ ले पछि परेपनि टाइम्सको उपाधि यात्रामा असर परेन । अपराजित टाइम्सले समूह चरणको खेलमा सेन्ट जेभियर्स र ट्रिनिटी, क्वाटरफाइनलमा ह्वाइटहाउस र सेमिफाइनलमा सीसीआरसीलाई हराएको थियो ।

विजेतालाई ज्ञान निकेतनकी संरक्षक लीला कुँवर, ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवर, ज्ञान निकेतनका एकेडेमिक इन्चार्ज दिपेन्द्र बसौला, राष्ट्रिय महिला बास्केटबल खेलाडी माया स्याङ्तानले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ ४ गतेदेखि सुरु प्रतियोगितामा ११ टिम सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey