गोजुरियो टोली बंगलादेश जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०१
  • |
  • 200 पटक हेरिएको

आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली गोजुरियो कराते टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ ।

खेलाडीमा रामकुमार गिरी, सुजनकुमार गिरी, सन्देशकुमार थारु, करिना पुरी, अप्सरा लम्साल, सारदा सुनार, आशिष कार्की, रुपेश श्रेष्ठ, कृतन महर्जन, बरुण तामाङ, रेश्मा तामाङ र रमेश घलान रहेका छन् ।

टोली नेतामा नेपाल गोजुरियो कराते डो संघका महासचिव बलराम मित्र छन् । जनवरी १७ र १८ तारिखमा हुने प्रतियोगितामा सानुबाबु गिरी र रामकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

टोलीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । मलेसियामा सेप्टेम्बर १७ देखि २२ तारिखसम्म हुने पाँचौं विश्व गोजुरियो कराते प्रतियोगितालाई मध्यनजर गरी टोलीलाई प्रतियोगितामा सहभागी गराउन लागिएको महासचिव मित्रले जानकारी गराए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey