माओवादी केन्द्रको भातृ संगठन वाइसिएलले नेपाली क्रिकेट टिमलाई सरकारले उचित पुरस्कारको घोषणा गर्नुपर्ने बताएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गरी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा छानिएको नेपाली टिमको सम्मानमा पुरस्कार घोषणा गर्न माग गरेको हो।
पुरस्कार घोषणाका लागि दबाव दिन पहलकदमी लिने पनि वाइसिएलले प्रतिवद्धता व्यक्त गरेको छ। साथै उसले नेपाली टिमले सीमित स्रोत साधनबाटै ठूलो सफलता हात पारेको भन्दै धन्यवाद व्यक्त गरेको छ।
नेपाली टिमलाई स्वागत गर्ने वाइसिएलका अध्यक्षसहित पदाधिकारी त्रिभुवन विमानस्थाल पुग्ने विज्ञप्तिमा उल्लेख छ।
s