नयाँ सदस्य सचिवका लागि ‘लिग लिगे’ दौड शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-१४
  • |
  • 318 पटक हेरिएको

 नेप्लेज, १४ पुस । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल सकिन अब ६ महिना मात्र बाँकी छ ।

वर्तमान सदस्यसचिबको कार्यकाल सकिन लागेपछि नयाँ सदस्यसचिवका लागि लिग लिगे दौड शुरु भइसकेको छ । अहिले सरकारमा रहेको नेकपा निकटका ब्यक्तिहरु खेलकुदमा छन् ।

मन्त्रीदेखि राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिकमा नेकपाकै ब्यक्तिहरुले काम गरिहेका छन् । तर तीनै ठूला निकाय एकै पार्टिको भए पनि गुटगत भावनाले सबै एकै ठाउँमा उभिन भने सकेका छैनन् ।

युवा तथा खेलकूद मन्त्रीले राखेपका वर्तमान सदस्य सचिवलाई गन्दैनन् भने ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री जगत विश्वकर्मालाई टेरदैनन् । यसको पछिल्लो उदाहरण एशियाडमा र राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकमा देखिएको थियो ।

परिषद्का सदस्यसचिवले कुनै प्रस्ताव मन्त्रालयमा लगेमा त्यसलाई ‘पेन्डुलम’ जस्तै बनाउने काम मन्त्रालयबाट हुदैं आएको छ । अब राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको कार्यकाल करीव ६ महिना बाँकि रहेका बेला भित्र भित्र नयाँ ब्यक्ति ल्याउनका लागि होमवर्क सुरु भइसकेको छ ।

हाल राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पदमा आएका पिताम्बर तिम्सिना त्यहि सदस्यसचिव हुने एक्लो दावेदार ‘म’ हुँ भन्दै हिडिरहेका छन् । त्यसको ब्याकअपमा खेलकुद मन्त्री विश्वकर्ममा पनि रहेका छन् । उनले नै परिषद्मा आफ्नो प्रभावलाई थप बलियो बनाउन पिताम्बरको गोटि चालेका थिए ।

पिताम्बर परिषदमा पुगेसँगै मन्त्रीले एकपछि अर्को जिम्मेवारी पनि दिन थालेका छन् भने सदस्य सचिवलाई दबाव दिन सुरु गरेका छन् । प्रधानमन्त्री केपीशर्मा ओलीका निकट मानिएका मन्त्री विश्वकर्मा र पिताम्बर एकतिर छन् भने सदस्यसचिव विष्ट नेकपाका नेता माधवकुमार नेपाल खेमाका मानिन्छन् ।

उनलाई सेरेमोनियल पदमा रहेकी राष्ट्रपति विध्यादेवी भण्डारीको भने साथ रहेको छ । राष्ट्रपतिसँग पारिवारीक सम्बन्ध रहेका विष्ट फेरी राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा दोहोरीनका लागि कसरत गरिरहेका छन् । उनले राष्ट्रपतिको पावरलाई प्रयोग गर्ने योजनामा छन् । जुन उनले यसअघि पनि गरिसकेका छन् ।

एशियाडमा जादाँ होस या ओलम्पिकमा खेलाडीको सहभागिता, सधै उनले राष्ट्रपतिबाट विदाई गराए । नत्र अरु बेला खेलाडीको विदाईमा राष्ट्रपतिको उपस्थिती देखिएको नै थिएन । विष्टका स्वर्गिय पिता र राष्ट्रपतिको परिवारको नजिकको सम्बन्ध रहेको छ । विष्टका पिता पनि एमाले निकट भएर काम गरेका हुन् ।

त्यो सम्बन्धलाई विष्टले आफु पोष्टमा पुगेपछि राम्रोसँग प्रयोग गरिरहेका छन् । उनको कार्यकाल सकिने मिति नजिकिदै गर्दा खेलकुदमा विष्ट नै फेरी दोहोरिन सक्छन् भन्ने गाइगुइ सुनिन थालेको छ । एक खेल पदाधिकारीका अनुसार राष्ट्रपतिले यदि विष्टलाई दोहोर्याउने आदेश गरे पार्टिले पनि नाइ भन्ने अवस्था आउदैन् ।

त्यसका लागि उनी आफ्नो ब्यापक तयारीमा छन् । यस्तै स्रोतका अनुसार राष्ट्रपति भण्डारीको नजरमा पनि विष्टले चित्त बुझ्दो काम गरिरहेकै छन्, उनलाई दोहोर्याउदा ठिक हुन्छ भन्नेमा शीतल निवास स्रोतको दावी छ । यदि राष्ट्रपतिको आदेशलाई नेकपा पार्टिले मानेमा विष्ट नै फेरी चार बर्षका लागि परिषदको सदस्य सचिव नहोलान भन्न सकिन्न ।

यता मन्त्री विश्वकर्मा खेलकुद ऐन परिमार्जन गरेर, राष्ट्रिय खेलकुद परिषदलाई बोर्डमा परिमार्जित गरेर सदस्यसचिव भन्दा बोर्ड प्रमुखको भुमिकालाई सक्रिय बनाउन लागिपरेका छन् । त्यसका लागि उनले पिताम्बरलाई ल्याएको भन्ने पनि खेलकुदमा हल्ला चल्ने गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey