एनएनआईपीए अवार्डमा कमल र अनु सर्वोत्कृष्ट, आदर्श व्यक्ति ‘मिट्ठू गुरु’

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-१३
  • |
  • 354 पटक हेरिएको

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीएले भारत्तोलनका कमल अधिकारी र करातेकी अनु अधिकारीलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा सम्मान गरेको छ ।

पाटन दरबार स्क्वायरमा शुक्रबार आयोजित विशेष समारोहमा अधिकारीद्वयलाई जनही १ लाखसहित सम्मान गरिएको हो ।

सो अबसरमा साढे ४ दशकदेखि नेपाली खेलकूदमा योगदान गरेका भारत्तोलनका मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्त ‘मिट्ठू गुरु’लाई एनएनआईपीए गजराज जाेशी आदर्श व्यक्तित्वको रुपमा पनि सम्मान गरिएको छ । उनलाई नगद २५ हजार सहित सम्मान गरिएको हो ।

यसैगरी कार्यक्रममा ओलम्पिक छनौंटको दोस्रो चरणमा पुगेको नेपाली महिला टिमलाई पनि विशेष सम्मान गरिएको छ ।

एनएनआईपीए स्पोर्टस अवार्डबाट सम्मानित हुनेमा फुटबलकी सावित्रा भण्डारी, पौडीकी गौरिका सिंह, भलिबलका इमराना मगर, फेन्सिङका जंग गिरि, हकीका मनोज चौधरी, टेबल टेनिसका स्यान्टुु श्रेष्ठ, भारत्तोलनका कमल अधिकारी रहेका छन् ।

त्यसैगरी बक्सिङकी बिमला श्रेष्ठ, सुटिङकी सुश्मिता नेपाल, लन टेनिसका प्रणव खनाल, कबड्डीका नरेन्द्र ठाकुर, सफ्ट टेनिसका युकेश योञ्जन, स्क्वासकी भावना सुनुवार, सेपाकताक्रोका रुपेश सुनुवार, खोखोका सन्तोष बोहरा, बास्केटबलका मनिषराज राजोपाध्याय, आईटीएफ तेक्वान्दोकी सुनिता तामाङ, ब्याडमिन्टनकी नङसलदेवी तामाङलाई सम्मान गरिएको हो ।

त्यस्तै ट्राइथोलनका बसन्त थारु, ह्यान्डबलकी बन्दना राई, जुडोकी मनिता श्रेष्ठ प्रधान तेक्वान्दोकी अस्मिता खड्का, करातेकी अनु अधिकारी, उसुका अमर सुनार, आर्चरीका रमेश भट्टचन, एथलेटिक्सकी विश्वरुपा बुढा, गल्फका टंकबहादुर कार्की र कुस्तीकी माया लोहार रहेका छन् । साइक्लिङका नारायणगोपाल महर्जनलाई मरणोपरान्त सम्मान गरिएको छ ।

त्यस्तै खेलकूद पत्रकारका रूपमा निरञ्जन राजबशीं सम्मानित भएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey