आर्सनल प्रिक्वार्टरफाइनल नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 165 पटक हेरिएको

फागुन ४ । स्वीडेनको ओस्टेरसुन्डलाई हराउँदै इंग्लिस क्लब आर्सनल युरोपा लिगको प्रिक्वार्टर फाइनल  नजिक पुगेको छ ।

विहीबार राती भएको खेलमा लेगमा आर्सनलले ओसटेरसुन्डलाई ३–० ले हरायो ।

नाचो मोनेरलले १३ औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । २४ औं मिनेटमा आर्सनलले अग्रता दोब्बर बनायो । पापागाइनोपोलसल आत्मघाती गोल गरेका कारण आर्सनलले २–० को अग्रता लियो ।

पहिलो हाफमा २–० को अग्रता कायम राखेको आर्सनलले ५८ औं मिनेटमा एक गोल थप्यो । उसका लागि मेसुट ओजिलले गोल गरेका थिए ।

दोस्रो हाफका इन्ज्युरी समयमा ओस्टेरसुन्डले पेनाल्टीको अवसर पायो । तर सो पेनाल्टीलाई आर्सनल गोलकिपर डेविड ओस्पिनाले बचाएपछि आर्सनलले ‘क्लीनसीट’ पाएको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey