२७८ रनकाे लक्ष्य पछ्याउँदै नेपाल
- नेप्लेज
- |
- २०७४-११-०३
- |
- 152 पटक हेरिएको
फागुन ३, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को फाइनलमा युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले औषत सुरुआत गरेको छ ।
नेपालले ओपनिङ जोडी उपकप्तान ज्ञानेन्द्र मल्ल र दिलिप नाथलाई सुरुआती १० ओभरभित्रै गुमाएको हो । नवौं ओभरमा दिलिप नाथ १३ रनको स्कोरमा आउट हुँदा नेपालले ३८ रन बनाएको थियो ।
अर्को ओभरको पहिलो बलमै ज्ञानेन्द्र मल्ल पनि २४ रन बनाएर अमर हायतको बलमा आउट भए ।
दिपेन्द्रसिंह एेरीले पनि ३५ रन बनाएर इमरान हैदरकाे बलमा बाेल्ड भए ।
नामिवियाको वण्डरर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ४ विकेट गुमाएर २७७ रन बनाएको थियो । उसका लागि ओपनर अस्फाक अहमदले ११४ रनको शतकीय इनिङ खेल्दा अर्का ओपनर रोहन मुस्तफाले ५१ रन बनाएका थिए ।