पामलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०७
  • |
  • 338 पटक हेरिएको
पामले नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ५ रजत र २ कांस्यसाथ पाम समग्रमा टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको होप्याड नेपालले ३ स्वर्ण, १ रजत र १ कांस्य हात पा¥यो । २ स्वर्ण र ५ कांस्य जितेको प्राइम जुडो डोजोले तेश्रो स्थानमा चित्त बुझायो ।
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपाल द्वारा आयोजित प्रतियोगिताको पुरुषमा दाङका अशोक बन्था मगर तथा महिलामा प्राइमकी सुनिता मगर उत्कृष्ट खेलाडी घोषित भए ।
नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको पुरुष ३० केजीमुनि दाङका सुन्दर राणा, ४० केजीमुनि पामका प्रवीणकुमार दियाली, ५० केजीमुनि होप्याडका देव लोहार, ६० केजीमुनि पामका जनक तामाङ र ६६ केजीमाथि जापानका सोजी दाइकी पहिलो भए ।
महिला २४ केजीमुनि बाल विकास स्कुलकी समिता नेपाली, ३२ केजीमुनि पामकी विनिता नेपाली, ४१ केजीमुनि प्राइमकी सरिता मगर र ४८ केजीमुनि पामकी रत्ना तामाङले स्वर्ण जिते ।
दुईदिने प्रतियोगिताका विजेतालाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey