चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडी भारत प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०३
  • |
  • 260 पटक हेरिएको
एसिया कप चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भारतको मुम्बइ प्रस्थान गरेको छ ।
डिसेम्बर २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुषमा सुदिन खत्री, अनिश लामा, स्वोनिम मानन्धर र अंकित गुरुङले प्रतिस्पर्धा गर्नेछन् । महिलामा विमला नेपाली, अस्मिता राई, सन्जु देसार र रश्मी पाण्डे छन् ।
सबै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने राष्ट्रपति रनिङ सिल्ड तथा उपारष्ट्रपति चिल्ड्रेन गेम्सका पदक विजेता हुन् ।
राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने उद्देश्यले प्रतियोगितामा सहभागी गराउन लागेको सानका निर्देशक नवीन उप्रेतीले जनाएका छन् ।
प्रशिक्षकमा रामकृष्ण खड्गी तथा अफिसियलमा तुलसीकुमार महर्जन र विकासविक्रम शाह छन् । टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव केशवकुमार विष्टले मंगलबारै एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey