नेपालले उपाधिका लागि आज युएईसँग खेल्दै, विजेता र उपविजेता हुँदा विश्वकप छनोटमा के हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 184 पटक हेरिएको

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू उपाधिका लागि नेपालले आज युएईसँग खेल्नेछ ।

नेपाल र युएईबीचको खेल नामिवियाको विण्डहकस्थित वन्डरर्स मैदानमा हुनेछ । जारी प्रतियोगितामा नेपाल र युएई दोस्रो पटक खेल्न लागेका हुन । यसअघि लिग चरणमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो ।

दुबै टिम शिर्ष २ मा स्थान बनाउदै विश्वकप छनोट खेल्ने भइसकेका छन । नेपालले क्यानडालाई १ विकेटले हराउदै विश्वकप छनोट खेल्न पाउने भएको हो भने युएईले नामिवियालाई १७ रनले पराजित गर्दै रन रेटका आधारमा क्यानडालाई पछि पार्दै विश्वकप छनोटका लागि तयार भएको हो ।

यदि आज नेपालले युइईलाई हराएमा च्याम्पियनमात्र बन्ने छैन विश्वकप छनोटमा कठिन टिमसँच खेल्नुपर्ने हुन्छ । जिम्वावेमा मार्च ४ तारिखबाट हुने विश्वकप छनोटमा वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, हंगकंग, नेपाल र युएईले प्रतिस्पर्धा गर्नेछन ।

बिश्वकप छनौटमा सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरीएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् .

जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ । सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

डिभिजन टु मा नेपाल विजेता भएमा के र उपविजेता भएमा के ?

समुह   वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र डिभिजन-२ बिजेता
समुह बि अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग र डिभिजन-२ उपविजेता

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey