ज्ञानोदय र पुष्पसदन सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२१
  • |
  • 157 पटक हेरिएको

आयोजक ज्ञानोदय र पुष्पसदन एसएमल इसुजु २५ औं ज्ञान कार्निभलअन्तर्गत मिनि ब्वाइज बास्केटबलतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । ज्ञानोदय समूह ‘बी’ तथा पुष्पसदन समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई २१–५ तथा पुष्पसदनले ओसिसलाई ४४–१७ ले पराजित गरे । पराजित एलए र ओसिस पनि आ–आफ्नो समूहको उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल ज्ञानोदय र ओसिस तथा पुष्पसदन र एलएबीच हुनेछ ।

कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा मल्पीले क्रिएटिभ एकेडेमीलाई ४–० गोलले हरायो भने इनोभेटिभ र मर्सी मिसन एकेडेमीले १–१ गोलको बराबरी खेले ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey