एन्जल्स हर्ट र भ्याली पब्लिकलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१६
  • |
  • 203 पटक हेरिएको

एन्जल्स हर्ट र भ्याली पब्लिकले ११ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । एन्जल्स हर्ट जुनियर ब्वाइज तथा भ्याली पब्लिक सिनियर गल्र्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने ।

धापासीस्थित आयोजक ओडिसीको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा एन्जल्स हर्टले इबीएलाई २१–१७ ले पराजित ग¥यो । एन्जल्स हर्टको जितमा ओसिस केसीले ७ अंक योगदान गरे् ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा अस्मिता थापाको ६ अंक सहयोगमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ११–७ ले हरायो ।

ब्वाइजमा एन्जल्स हर्टका सागर परियार तथा गल्र्समा भ्याली पब्लिककी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई प्रदेश सांसद दीपक निरौला, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ओडिसीका प्रिन्सिपल नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ८ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ टिम सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey