ज्ञान निकेतन र विज किड्स फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१३
  • |
  • 248 पटक हेरिएको

नेप्लेज । ज्ञान निकेतन र विज किड्स तेश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

डिफेन्डिङ च्याम्पियन ज्ञान निकेतनले एडभान्सलाई २३–१३ ले पराजित ग¥यो । ज्ञान निकेतनकी कुसुम विष्टले ७ अंक जोडिन् । विज किड्सले जगत मन्दिरलाई २३–२२ ले हरायो । विज किड्सकी राशी डंगोलले १२ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा ज्ञान निकेतनले सम्भावीलाई ३७–२० तथा जगत मन्दिरले एडभान्सलाई १९–१३ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । ज्ञान निकेतनका जेभिस सारुले १४ तथा जगत मन्दिरका नारायण भुजेलले ८ अंक बटुले ।

सिनियर ब्वाइजमा साविक विजेता ज्ञान निकेतनले रिभेरालाई ३९–२२, विज किड्सले जगत मन्दिरलाई ४२–२८ र एडभान्सले सम्भावीलाई ४८–२१ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey