माघ २९, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपालका लागि धेरै अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी तथा मुख्य प्रशिक्षक सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडीबाट सम्मानित गरेको छ ।
यस्तै पत्रकारिता सम्मान वरिष्ठ सञ्चारकर्मी श्याम चित्रकारलाई प्रदान गरेको छ ।
टोखा नगरपालिकामा आयोजना भएको कार्यक्रममा सन् १९८४ मा काठमाडौंमा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुददेखि सातौंसम्म लगातार भाग लिएका जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडीबाट सम्मानित गरेको छ । उनले सागमा मात्र १३ पदक जितेका थिए ।
यो वर्षबाट सुरु गरिएको पत्रकारिता सम्मान वरिष्ठ सञ्चारकर्मी श्याम चित्रकारलाई प्रदान गरेको छ । एथलेटिक्स र फुटबलका खेलाडी रहेका चित्रकार झन्डै चार दशकदेखि खेलकुद फोटो पत्रकारका रुपमा सक्रिय छन् । चित्रकार नेप्लेज डट कमका सल्लाहकार हुन् ।
यस्तै २०७३ सालमा भएका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने ३५ खेलका एक एक खेलाडीलाई पनि संघले सम्मान गरेका छ ।
उत्कृष्ट खेलाडीमा फुटबलबाट किरण चेम्जाङ क्रिकेटबाट कप्तान पारस खड्का भलिबलबाट प्रतिभा माली, करातेबाट परशुराम बास्तोला, बक्सिङबाट सुनिल लामा, सुटिङकी अस्मिता राई , टेबल टेनिसका स्याण्टु श्रेष्ठ, भारत्तोलनका दिनेश थापा, जिम्नास्टीकका राजु राई छन् ।
त्यस्तै लन टेनिसकी मयांका राणा, कबड्डीका विजयकुमार चन्द, चेसका मदनकृष्ण कायस्थ, ब्याटमिन्टनका रत्नजित तामाङ, बास्केटबलका सतिस प्रधान, शारीरिक शुगठनका महेश्वर महर्जन, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तिमगर, पौडीका शिरीष गुरुङ, एथ्लेटिक्सकी कान्छीमाया कोजु, फेन्सिङका सन्दिप लामा, कुस्तीका सरोज यादव लगायत सम्मानित भएका छन् ।
सम्मानित सबैले जनही १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
सम्मानित हुने ३५ खेलका खेलाडीहरुमा
किरण चेम्जोङ– फुटबल
परशुराम बास्तोला – कराते
स्यान्टु श्रेष्ठ – टेबल टेनिस
अस्मिता राई – शुटिङ
सुनिल थापा – बक्सिङ
दीनेश थापा – भारोत्तोलन
राजु राई – जिम्न्याष्टिक
मयांका राणा – लन टेनिस
विजयकुमार चन्द – कबड्डी
प्रदीप खत्री – सफ्ट टेनिस
उमा राई – ह्यान्डबल
राजेश मगर – साइक्लिङ
प्रदीप राजवंशी– हक्की
पारस खड्का – क्रिकेट
प्रतिभा माली – भलिबल
अरहन्त केशर सिंह – स्क्वास
रत्नजित तामाङ – ब्याडमिन्टन
सदीश प्रधान – बास्केटबल
सुष्मि श्रेष्ठ – फुल कन्ट्याक्ट कराते
तुलसा राजथला – आइटिएफ तेक्वान्दो
अनिल गुरुङ – सेपाकताक्रो
दीलकुमारी तामाङ – खोखो
महेश्वर महर्जन – शारीरिक सुगठन
दीपक मगर – स्नुकर एन्ड बिलियार्ड
रेजिना कार्की – तेक्वान्दो
निमा घर्ती मगर – उसु
फुपु ल्हामु खत्री – जुडो
प्रेमप्रसाद पुन – आर्चरी
शीरिष गुरुङ – पौडी
कान्छीमाया कोजु – एथलेटिक्स
सन्दीप लामा – फेन्सिङ
शुक्रबहादुर राई – गल्फ
बसन्त थारु – ट्रायथलन
सरोज यादव – कुस्ती