सुशान्त र विवेकलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०७
  • |
  • 288 पटक हेरिएको

माघ ७, काठमाडौं  । क्रिएटिभका सुशान्त सेढाईं र कान्तिपुर एकेडेमीका विवेक श्रीपालीले आठौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।

सीतापाइलास्थित यशस्वी माविद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजी फाइनलमा सुशान्तले यशस्वीका दिपेश राईलाई पराजित गरे । शिशुका फ्रिजल शाही र यशस्वीका रमन तामाङले तेश्रो स्थानमा चित्त बुझाए ।

पुरुष ३० केजी फाइनलमा विवेकले क्रिएटिभका प्रेम चौधरीलाई हराए । श्री सीतापाइलकाद्वय सन्जोग वाइबा र निशान श्रेष्ठ संयुक्त रुपमा तेश्रो भए ।

पुरुष २० केजीमा क्याम्ब्रिजका अंकित चौधरी पहिलो भए । उनले फाइनलमा सीतापाइलाका निश्चल राईलाई पाखा लगाए । कान्तिपुरका सुदीप कुमार र मुन्ना कुमार तेश्रो भए ।

प्रतियोगिताको महिला, बाल वालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी कृषा शेर्पा र ममिता श्रेष्ठलाई सम्मान गरिएको थियो । करातेको विकास र विस्तारमा योगदान पु¥याएकोमा नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पालाई पनि सम्मान गरियो ।

प्रतियोगितामा १५ विद्यालयका ३ सय ८० खेलाडीले विभिन्न ३१ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको यशस्वीका प्रिन्सिपल सुरज खड्काले जनाएका छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey