धार्पा बन्याे पात्ले फुटसल च्याम्पियन

  • Image नेप्लेज
  • १३ मंसिर २०८३, आइतवार
  • 60 पटक हेरिएको
धार्पा बन्याे पात्ले फुटसल च्याम्पियन

१३ मंसिर, सिन्धुपाल्चोक । तेस्रो संस्करणको पात्ले फुटसल प्रतियोगिताको उपाधि धार्पा एफसी सी टिमले जितेको छ।

आइतबार लामोसाँघुस्थित बलेफी फुटसल ग्राउन्डमा सम्पन्न फाइनल खेलमा धार्पाले बाह्देवी युवा क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो।

प्रतिस्पर्धात्मक खेलमा एक गोलको जित निकाल्दै च्याम्पियन बनेको धार्पाले उपाधिसँगै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बाह्देवी युवा क्लबले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

धार्पाले पहिलो सेमिफाइनलमा आयोजक जोशिलो युवा सञ्जाललाई ४–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यस्तै, बाह्देवीले दोस्रो सेमिफाइनलमा लामा एफसीलाई पेनाल्टी सुटआउटमा २–० गोलले हराउँदै धार्पासँगको फाइनल भेट पक्का गरेको थियो।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, जोशिलो युवा सञ्जालका अध्यक्ष सरोज तिमल्सिना, बलेफी गाउँपालिका–८ का वडाध्यक्ष रमेश श्रेष्ठ, बागमती प्रदेश फुटबल संघका उपाध्यक्ष राजिमान बस्नेत, सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठलगायतले पदक प्रदान गरेका थिए।

शनिबार र आइतबार गरी दुई दिन सञ्चालन भएको प्रतियोगितामा आयोजकका दुई टोलीसहित कुल २० टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा बाह्देवीका विकेश राही सर्वाधिक गोलकर्ता घोषित भए। त्यस्तै, च्याम्पियन धार्पाका पदम लोप्चन तामाङ उत्कृष्ट गोलरक्षक घोषित हुँदै ट्रफी प्राप्त गर्न सफल भए।

प्रतियोगिताको सहआयोजकमा बलेफी गाउँपालिका–८ रहेको थियो। प्रतियोगितालाई सिन्धुपाल्चोक जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको थियो। त्यस्तै, सुनकोशी युवा संस्था, सुनकोशी गाउँपालिका र धार्पा युवा क्लब सहयोगीका रूपमा रहेका थिए। प्रतियोगिता सम्पन्न गर्न शिशिर कार्कीको विशेष सहयोग रहेको थियो।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment