सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप सुरू

  • Image नेप्लेज
  • ११ मंसिर २०८३, शुक्रवार
  • 42 पटक हेरिएको
सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप सुरू

 काठमाडौं । सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप आज देखि सुरु भएको छ। चन्द्रागिरि क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले थानकोट वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। 

टस जितेर पहिले ब्याटिङ रोजेको थानकोट वारियर्स जीएचसीएका बलरसामु निरीह बन्दा ९.३ ओभरमा अलआउट हुँदै ७० रनमा समेटियो। थानकोटका लागि आरश तमाङले १६ रन र प्रदीप धामीले १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।  
थानकोटलाई सस्तैमा समेट्न जीएचसीएका रुपेश शृवास्तवले घातक बलिङ गर्दै ४ विकेट लिए। 
७१ रनको सामान्य लक्ष्य पछ्याएको जीएचसीएले मात्र ५.५ ओभरमा १ विकेट गुमाउँदै ७३ रन बनाएर लक्ष्य पूरा गर्‍यो। जीएचसीएको सहज जितमा अशोक पौडेलले अविजित २८ रन, क्रिस कार्की ले २२ रन तथा नितेश मोक्तान अविजित २१ रनको इनिङ खेले। 
त्यस्तै आज नै भएको दोस्रो खेलमा चन्द्रागिरी क्रिकेट एसोसिएसन नेपाल (सीसीएएन) ले पुष्पलाल स्पोर्ट्स क्लबलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। 
टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली सीसीएएनले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १३५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। सीसीएएनका लागि दिनेश सुबेदीले २४ रन जोडे। त्यस्तै, संगम न्यौपानेले २३ रन र स्वरूप श्रेष्ठले २३ रनको महत्वपूर्ण योगदान दिए। 
पुष्पलाल स्पोर्ट्स क्लबका बलर विक्रम पाण्डेले २ विकेट लिए भने अमन यादव र  दीपक भण्डारी ले समान १–१ विकेट हात पारे। 
१३६ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पुष्पलाल स्पोर्ट्स क्लबले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ६४ रन मात्र जोड्न सक्यो। पुष्पलालका लागि जनक छेत्रीले ३६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा सन्तोषजनक रन जोड्न सकेनन्। 
पुष्पलाललाई सस्तैमा समेट्न सीसीएएनका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। मुकेश ओझाले २ विकेट लिए। यस्तै, संगम न्यौपाने र नटराजन कुमार ले १–१ विकेट लिएपछि सीसीएएनले सानदार जित दर्ता गर्‍यो।
त्यस्तै आज नै भएको सम्पन्न भएको तेस्रो खेलमा क्यानन क्रिकेट क्लबले जम्पर्स क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको जम्पर्स क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ७५ रन बनाएको थियो। जम्पर्सका अनिश सापकोटा ले १५ रन बनाउँदा रन्जित दाहाल ले १३ तथा रोबिन्द कुमार ले १३ रन जोडे। क्यानन क्रिकेट क्लबका लागि गणेश विष्टले सर्वाधिक चार विकेट लिए।
७६ रनको लक्ष्य क्यानन क्रिकेट क्लबले मात्र ४.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। क्याननको जितमा उपेन्द्र खत्री ले विस्फोटक ब्याटिङ गर्दै मात्र १७ बलमा ४९ रन बनाए। त्यस्तै आश्रय अधिकारीले २२ रनको योगदान दिए।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment