१०औँ राष्ट्रिय खेलकुद : जिम्न्यास्टिकका प्रारम्भिक प्रतिस्पर्धा सुरु

  • Image नेप्लेज
  • १० मंसिर २०८३, बिहिवार
  • 88 पटक हेरिएको
१०औँ राष्ट्रिय खेलकुद : जिम्न्यास्टिकका प्रारम्भिक प्रतिस्पर्धा सुरु

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा जिम्न्यास्टिकका विभिन्न विधामा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका हुन्। प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो सन्तुलन, लचकता र शारीरिक क्षमताको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार प्रारम्भिक चरणमा महिलातर्फ ४२ जना र पुरुषतर्फ ४८ जना गरी कुल ९० जना खेलाडी सहभागी छन्। उनका अनुसार प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा कम्पिटिसन–१, दोस्रो चरणमा कम्पिटिसन–२ (अलराउन्ड) र अन्तिम चरणमा कम्पिटिसन–३ (एपरेटस

फाइनल) प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, गण्डकी, कोशी प्रदेशका साथै विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाले सहभागी छन् ।कर्णाली प्रदेशका तर्फबाट भने एक जना पुरुष खेलाडीले मात्र व्यक्तिगत विधामा प्रतिस्पर्धा गरिरहेको जनाइएको छ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment