काठमाडौं, मंसिर १ गते । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (मंगलबार) भारत र पाकिस्तान भिड्दै छन्। फाइनल खेल नेपाली समयअनुसार आज राति ८:४५ बजे सुरु हुनेछ। खेल बंगलादेशको ढाकास्थित राष्ट्रिय रङ्गशालामा हुनेछ।
भारतले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको यो १४औँ पटक हो। यसअघि १३ पटक फाइनल खेलेको भारतले ९ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेतामा सीमित भएको छ।
भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५, २०२१ र २०२३ मा उपाधि जितेको थियो।
यता पाकिस्तान भने साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो। सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० गोलले पराजित गर्दै पाकिस्तानले उपाधि भिडन्तमा स्थान बनाएको हो।
भारतले यसपटक उपाधि जिते लगातार तीन संस्करण च्याम्पियन बन्ने इतिहाससमेत रच्नेछ।