कोलम्बियाले चिलीलाई हरायो

  • Image नेप्लेज
  • २८ कार्तिक २०८३, शनिवार
  • 68 पटक हेरिएको
कोलम्बियाले चिलीलाई हरायो

काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा कोलम्बियाले चिलीलाई १–० गोलले पराजित गरेको छ।

शनिबार बिहान कोलम्बियाको कालीस्थित पास्कुअल गुरेरो रंगशालामा भएको खेलमा चिलीका डिफेन्डर गुइलेर्मो मारिपानको आत्मघाती गोल निर्णायक बनेको थियो।

खेलको ३५औँ मिनेटमा मारिपानले आफ्नै पोस्टमा गोल गरेपछि कोलम्बियाले अग्रता बनाएको थियो। त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।

यससँगै कोलम्बियाले घरेलु मैदानमा चिलीविरुद्ध १–० को जित दर्ता गरेको छ। यी दुई टोलीले आगामी मंगलबार पुनः मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल चिलीको सान्टियागोमा हुनेछ।