विराटनगरविरूद्व टस जितेर पोखराले पहिले ब्याटिङ गर्ने

  • Image नेप्लेज
  • २६ कार्तिक २०८३, बिहिवार
  • 28 पटक हेरिएको
विराटनगरविरूद्व टस जितेर पोखराले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको आज हुने पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा पोखरा एभेन्जर्सका कप्तान चमिका करुणारत्नेले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। टस हारेको विराटनगरले बलिङको निम्तो पाएको छ।

विराटनगर र पोखरा दुवै टोलीको यो छैटौं खेल हो। पोखराले ५ खेलमा ४ हार र १ जित दर्ता गरेको छ। त्यस्तै,विराटनगरले ५ खेलमा ३ हार र २ जित दर्ता गरेको छ। अंक तालिकामा पोखरा आठौं स्थानमा छ भने विराटनगर छैटौं स्थानमा रहेको छ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ