सुदूरपश्चिमको सहज जित , जनकपुर २७ रनले पराजित

  • Image नेप्लेज
  • २४ कार्तिक २०८३, मङ्गलवार
  • 75 पटक हेरिएको
सुदूरपश्चिमको सहज जित , जनकपुर २७ रनले पराजित

काठमाडौं । जनपुर बोल्ट्सविरुद्ध २७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा दोस्रो स्थानमा उक्लिएको छ ।

यो जितसँगै सुदूरपश्चिमले आठ अंक जोड्यो । टोलीले ६ खेल खेल्दा चार जित र दुई हार व्यहोरेको छ । तर, समान आठ अंक बनाएको काठमाण्डूले सुदूरपश्चिमलाई रनरेटको आधारमा पछाडि पारेको छ । जितसँगै टोलीको

प्लेअफ सम्भाना पनि बलियो बनेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र जोड्न सक्यो ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ